पु.समाचार

तनहुँको राहत संकलनमा बरिष्ठ नेता पौडेलले दिए एक लाख २५ हजार

तनहुँ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ जिल्ला नेपाली काँग्रेसको आह्वानमा राहत संकलनका लागि संकलन गरिएको कोरोना संक्रमण रोकथामको कोषमा एक लाख २५ हजार सहयोग प्रदान गरेका छन् ।

बरिष्ठ नेता पौडेलले आवश्यक्ता परेको अवस्थामा ब्याँस २ स्थीत अमरापुरीको आफ्नो घर क्वारेन्टाईनका लागि उपलब्ध गराईने यसअघि नै बताएका छन् ।

पछिल्लो समय कृषिलाई राजयले प्राथमिकता दिएमात्र मुलुक स्थायी विकासतिर ढल्किन्छ भन्ने मान्यता राख्दै बहस गरिरहेका पौडेलले आवश्यक परे फिल्डमै खटिएर जनतासँग हात मिलाएर कोरोना नियन्त्रणका लागि लाग्ने बताएका छन् ।

नेता पौडेलले कोरोना संक्रमणको त्रास बिश्वभर मानिसलाई भएको भन्दै नेपालमा सरकारले लगाएको लकडाउन सबैले पालना गर्नुपर्ने बताउँदै अँएका छन् । उनले राजनीतिक आग्रह पुर्बाग्रह नराखी कोरोना संक्रमण नियन्त्रणमा सबैले लाग्नुपर्ने उनको मुख्य धारणा छ ।