६ बैशाख,काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले आफ्नो पार्टीको भातृसंगठन नेपाल विद्यार्थी संघको स्थापनाको दिवसको अवसरमा संघमा आबद्ध सबै विद्यार्थीहरुलाई शुभकामना दिएका छन्।
आज सामाजिक संजाल मार्फत शुभकामना सन्देश जारी गर्दै कांग्रेस सहमहामन्त्री डा महतले आफू नेपाल विद्यार्थी संघको सदस्य हुँदै राजनीतिमा सक्रिय भएकोमा गर्व महसुस गरेको पनि शुभकामना सन्देशमा बताएका छन्।
कांग्रेस सहमहामन्त्री महत २०२९ सालको विद्यार्थी आन्दोलनमा सात कक्षामा पढ्दै गर्दा पहिलोपटक पुलिसको नजरबन्दमा रहेको पहिलो अनुभव गरेको भन्दै संघर्षबाट पछाडि नहट्न सबैलाई आग्रह गरे। सहमहामन्त्री महतले नेपाल विद्यार्थी संघको इतिहास गौरवमय भएको भन्दै यसलाइ बचाई राख्न पनि नेपाल विद्यार्थी संघसंग आबद्ध सबै विद्यार्थीहरुलाई अपिल गरेका छन्।
पुर्ब परराष्ट्र मन्त्री समेत रहेका काँग्रेस सहमहामन्त्री डा महत पछिल्लो समय नेकपा सरकारका बिरुद्ध कडा रुपमा उत्रिने नेतामा पर्न थालेका छन् ।





