सामाजिक सञ्जाल

संग्रौलाको व्यंग्यः गलत कार्यको बिरोध गर्ने सयौंको मुख थुने ओलीलाई सजिलो

१२ काठमाडौं बैशाख । लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले गलत कार्यको बिरोध गर्ने झ्याप्प सयौंको मुख थुने पो सत्कर्म गर्न सजिलो हुन्छ भन्दै सरकारप्रति टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत साहित्यकार संग्रौलाले भ्रष्टाचारलाई सदाचार, कमिसन भक्षणलाई लोक कल्याण, लूटलाई दान, विधि विध्वंशलाई विधि संरक्षण मान्न कसैले पनि नसक्ने हुँदा विरोध हुने बताएका छन् ।

साथै सरकारका यस्ता गलत कार्यको विरोध गर्दा किस्ताकिस्ता गरी पशुपति शर्मा, भिटेन, भीम आचार्यको मुख थुन्दा बयलगाडे सरकारलाई साह्रो दुःख भएको टिप्पणी गरेका छन् ।

साथै उनले आफ्नो गलत कार्यको बिरोध गर्नैहरुलाई झ्याप्प एक डेढ सय मुख थुने पो यस्ता बाँकी सत्कर्म गर्न सजिलो हुन्छ भन्दै व्यंग्य गरेका छन् ।

उनको ट्वीटः श्री प्रभुको भ्रष्टाचारलाई सदाचार, कमिसन भक्षणलाई लोक कल्याण, लूटलाई दान, विधि विध्वंशलाई विधि संरक्षण मान्न सकिएन । किस्ताकिस्ता गरी पशुपति शर्मा, भिटेन, भीम आचार्यको मुख थुन्दा बयलगाडे सरकारलाई साह्रो दुःख भो । झ्याप्प एक डेढ सय मुख थुने पो यस्ता बाँकी सत्कर्म गर्न सजिलो हुन्छ ।