समाचार

कोरोना माहामारीमा कर्मचारीले नै यसरी सामान चोरेर लान्छन् अनि……

१६ बैशाख चितवन । कोरोनाका कारण यतिबेला सिंगो देश मारमा परेको छ । चीनको उहानबाट फैलन सुरु गरेको कोरोना माहामारीले नेपालमा पनि असर गरेको छ । नेपालमा ५२ जनामा संक्रमण देखिएको छ जसमा १६ जना उपचारपछि निको भएर घर र्फकिएका छन् ।

भने पुरै देश विगत १ महिनादेखी लकडाउनमा छ । यस्तो अवस्थामा एकातिर भने चितवनमा रहेको कारोना अस्पतालमा कार्यरत कर्मचारीमाथि चोरीको आरोप लागेको छ । चितवनको भरतपुमा स्थापना भएको कोरोना विषेश अस्थाई अस्पतालमा केहि कर्मचारीले सामान ओसार्दै गरेको फुटेजहरु सार्वजनिक भएका छन् ।

रातको समयमा सबैको आँखा छलेर केहि कर्मचारीले त्यहाँ रहेका सामनहरु लैजादै गरेको भिडियो सिसि टिभि क्यामेरामा कैद भएको छ जुन भिडियो अहिले सार्वजनीक भएको छ ।  कोरोना संक्रमीत र आसंका लागेका विरामिलाई उपचार गर्न नाएको अस्पतालदेखी कर्मचारीले नै चोरी गरेको भिडियो सार्वजनिक भएपनि अस्पतालको ब्यवस्थापनमा गम्भिर प्रश्न उठेको छ । 

सार्वजनिक भएको भिडियोमा अस्पतालमा कार्यरत भरतपुर महानगरपालिकाका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र भरतपुर महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत सूर्य तिवारीले रातको समयमा अस्पतालको स्टोरबाट सामानहरु पोका बनाएर बाहिर निकालेको प्रस्ट देखिएको छ ।

अस्पतालभित्र रहेको पङ्खा, मास्क, स्यानिटाइजर, मोनिटर स्क्रिन, बेगन, चप्पल, ग्लु स्टिक, साबुन छानीरछानी उठाएर प्याक गरेको भिडियोमा देखिन्छ । समान पोको पारेपछि स्टोर कोठामा बत्ती निभाएको देखिएको छ । केही समयपछि अँध्यारो कोठामा मोबाइलको उज्यालोको सहारामा तीन जना नै प्रवेश गरेर पोका बनाएर राखेको सामान तीनै जनाले उठाएर लगेको भिडियोमा देख्न सकिन्छ । पोकोसँगै अन्य समानसमेत खोजेको र लगेको भिडियोमा देखिएको छ ।

रातको समयमा अस्पतालबाट कर्मचारीहरुले सामान बाहिर लागेको भिडियो बाहिर आएपछि यो विषयमा छलफल गर्न सोमबार बसेको कोरोना अस्पताल कार्यदलको बैठकमा लामो बहस भएको थियो । यसअघिका बैठकमा सहभागी हुने गरेका कर्मचारीहरुलाई बैठक कक्षबाटबाहिर निकाली कार्यदलका सदस्यहरुका बीचमा मात्र भएको छलफलमा भिडियोको विषयमा छानबिन हुनुपर्ने माग उठेको थियो ।

बैठकले घटनाको छानबिन गरी एक हप्ताभित्र प्रतिवेदन बुझाउने गरी उद्योग सङ्घ चितवनका अध्यक्ष राजु पौडेलको संयोजकत्वमा भरतपुर महानगरपालिका र भरतपुर अस्पतालका एक एक जना प्रतिनिधि रहने गरी तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।