समाचार

बढ्यो अख्तियारमा उजूरी

चिप्लेढुङ्गा, १८ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गण्डकी प्रदेश कार्यालयमा गत वर्षको तुलनामा १५ प्रतिशतले बढी उजूरी परेका छन् । पोखरास्थित सो कार्यालयमा यस आर्थिक वर्ष २०७६÷७७ को पछिल्लो नौ महिनामा ७६१ उजूरी परेको छ ।

यो गत वर्षको भन्दा १५ प्रतिशतले बढी हो । कार्यालयका प्रवक्ता मेघनाथ रिजालका अनुसार सबैभन्दा बढी स्थानीय तहसँग सम्बन्धित २१८ उजूरी परेका छन् । परेका उजूरीमा स्थानीय तह शिक्षाबारे १२५, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय ७५, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा ५४, प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थय मात्र ३४, प्रदेश भौतिक पूर्वाधार÷यातायात, खानेपानी र शहरी विकासमा ५०, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय २२, प्रदेश उद्योग, पर्यटन वन तथा वातावरणको २९ छन् ।

अन्य बाँकी मन्त्रालयको १५४ उजूरी रहेको छ । सात सय ६१ उजुरीमध्ये ३०५ उजुरी मात्र फछ्र्यौट भएको जनाइएको छ । आयोगले गत वर्षको आवमा जम्मा छ स्टिङ अपरेशन ९रङ्गेहात पक्राउ० गरेकामा यो आवको नौ महिनमा १० स्टिङ अपरेशन गरेको छ । जिल्लागतरूपमा सबैभन्दा बढी कास्कीमा ३४७ उजुरी परेको छ । स्याङ्जामा ७९, तनहुँमा ७६, पर्वतमा ६६, बागलुङमा ५१, गोरखामा ५१, म्याग्दीमा ४४ लमजुङमा ४०, मुस्ताङ छ र मनाङमा एक÷एक छन् ।

उपसचिव रिजालले आयोगले पञ्चवर्षीय रणनीति तयार गरी चारखम्बे आधार स्तम्भ अन्तर्गत प्रवद्र्धनात्मक, निरोधात्मक, दण्डनात्मक र संस्थागत क्षमता अभिवृद्धिमार्फत कार्ययोजना अघि सारेको बताएका छन् ।