समाचार

बहराईनमा एकैदिन ३१ जना नेपालीमा देखियो कोरोनाः संक्रमीत संख्या १ सय ५७

१८ बैशाख काठमाडौं । बहराईनमा एकैदिन ३१ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । रोजगारीका लागि बहराईनमा रहेका नेपालीमा संक्रमण बढिरहेको छ ।

बिहिबार एकैदिन ३१ जनाँ नयाँ संक्रमीत थपिएसंगै त्यहाँ संक्रमीतको संख्या १ सय ५७ पुगेको छ । बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ ।

यसअघि यसअघि बहराइनमा १ सय २६ जना नेपाली कोरोना संक्रमित थिए । संक्रमित नेपालीलाई आफ्ना नागरिक सरह नै उपचार गरिरहेको बहराइन सरकारले जनाएको छ ।

संक्रमित सबै नेपालीको अवस्था सामान्य रहेको दूतावासले जनाएको छ । दूतावासले कोरोनाका कारण समस्यामा परेका नेपाली श्रमिकलाई आफ्नो विवरण टिपाउन अनुरोध गरेको छ। बहराइनमा करिब ३० हजार नेपाली कार्यरत छन् ।