सामाजिक सञ्जाल

 श्रमिक दिवशमा धनराजको व्यंग्यःसिंहदरवारको अग्लो पर्खालका कारण श्रमिकहरुलाई देख्न सकिंदैन क्यार !

१९ बैशाख काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले अन्तर्राष्ट्रीय श्रमीक दिवशको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्वी मार्फत शुभकामना व्यक्त गर्दै नेता गुरुङले सिंहदरवारको अग्लो पर्खालका कारण श्रमिकहरुलाई देख्न सकिंदैन क्यार भन्दै व्यंग्य गरेका छन् ।

मुलुक एकातिर कोरोनाका कारण लकडाउन हुँदा दैनिक ज्यालादारी गरी खाने मजदुरको रोजि–रोटिको समस्या भएको बेलामा आज परेको श्रमिक दिवशमा उनले सरकारतिर यस्तो व्यंग्यात्मक ट्वीट गरेका छन् ।

श्रमीकको हितमा काम गर्नलाई बसेका मन्त्रीहरुसमेत लुकुर बसिरहेको अवस्थामा श्रमजिवि वर्गको अवस्था अत्यन्तै संकटपुर्ण बनेको छ ।

नेता गुरुङले सिंहदरवार भित्र रहनु भएका श्रमिकका महान नेताहरुलाई श्रमिक दिवशको हार्दिक शुभकामना भनेका छन् । उनले रोगले नमरे पनि भोकले मरिने त्रासदिबाट छटपटाई रहेका श्रमिकहरुलाई पनि शुभकामना भन्ने ट्वीटमा उल्लेख गरेका छन् ।

नेता गुरुङ ट्वीटमा यस्तो लेख्छन्ः अन्तर्राष्ट्रीय श्रमिक दिवश सिंहदरवारको अग्लो पर्खालका कारण सिंहदरवारबाट श्रमिकहरुलाई देख्न सकिंदैन क्यार ! तथापी सिंहदरवार भित्र रहनु भएका श्रमिकका महान नेताहरुलाई श्रमिक दिवशको हार्दिक शुभकामना ! साथै रोगले नमरे पनि भोकले मरिने त्रासदिबाट छटपटाई रहेका श्रमिकहरुलाई पनि शुभकामना !