अन्तर्राष्ट्रिय

चीनको ल्याबबाट कोरोना फैलिएको हो मसंग प्रमाण छः ट्रम्प

१९ बैशाख काठमाडौं । कोरोनाले सिंगो विश्वलाई आक्रान्त पारिरहेका बेला अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पले माहामारी चीनले नै फैलाएको दाबी गर्दै आएका छन् ।

पटक–पटक विभिन्न कार्यक्रममा उक्त दाबी गर्दै आएका ट्रम्पले पत्रकार सम्मेलनमा पनि सोहि भनाई दोहर्याएका छन् । साथै उनले चीनको ल्याबबाट कोरोना भाईरस फैलिएको दाबी गर्दै आँफुसंग प्रमाण रहेको बताएका छन् ।

बिहिबार राति पत्रकारले तपाईले कोरोना चीनको ल्याबबाट फैलिएको दाबी गर्दै आउनु भएको छ के यो सत्य हो ? भन्ने प्रश्न आफुसंग प्रमाण रहेको र देखेको बताएका छन् ।

ट्रम्पले उक्त कार्य चीनले जानिबुझि या गल्तिले भएको हो यो बारेमा प्रष्ट नभएको बताएका छन् । ट्रम्पले चीनको वुहानस्थित इन्सटिच्युट अफ भायरोलोजीमा भएको असावधानीका कारण कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएको दाबी गर्दै आएका छन् ।

उनले डब्लुएचओले चीनको पक्षपोषण गरेको समेत आरोप लगाएका छन् ।