२१ बैसाख, काठमाडौं । बाँकेमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आज मात्रै १० जनामा कोरोना संक्रमण पुष्टी भईसकेको अवस्थामा पुनः ६ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । केहीबेरअगाडीमात्र ६९ जनामा कोरोना पुष्टी भएको अवस्थामा अब बढेर ७५ जना पुगेको छ ।
यससँगसँगै नेपालमा पनि कोरोना संक्रमणका लागि खतराको घण्टी बजेको छ । ९०० जनाको स्वाब संकलन गरि लगिएकोमा १५ जनामा कोारेना देखिएको हो । आजै दिउँसो बिरजंजमा एकजनामा कोरोना संक्रमण देखिएको थियो । स्वास्थ्य मन्त्रालयले उक्त ६ जनामा कोरोना थपीएको पुष्टी गरिसकेको छ ।





