पु.समाचार

महेश/किशन/सर्वेन्द्रको पनि मुद्धाः भन्छन्, ‘हामीहरु डा यादबका अपहरणकारी होईनौ’

२२ बैसाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका साँसदद्वय महेश बस्नेत, किशमनश्रेष्ठ र नेपाल प्रहरीकपूर्ब आईजीपी सर्वेन्द्र खनालले मानव अधिकारआयोगमा गई आफूहरुले समाजबादी जनता पार्टीका साँसद डा सुरेन्द्र यादबलाई अपहरण नगरेको बताएका छन् ।

उनीहरुले मान अधिकार आयोगमा गई आफूहरुमाथी न्याय गर्न माग गर्दै न्याय गर्न आग्रहसहित अर्को निबेदन दिएका छन् ।

समाजबादी जनता पार्टीका साँसदसमिेत रहेका केन्न्द्रीय सदस्य सुरेन्द्र यादबले महानगरिय प्रहरी कार्यालय टेकुमा अपहरण मुद्धा दर्ता गर्न जाँदा प्रहरीले मुद्धा दर्ता गरेको थिएन। भने पछि सरकारी वकीलको कार्यालयमा दर्ता गर्न नमानेपछि मानब अधिकार आयोगमा दर्ता गरेको थियो ।

सर्वेन्द्र खनाल, महेश बस्नेत र किशान श्रेष्ठ मधेश गई डा यादबलाई बैसाख १० गते ल्याएका थिए । उक्त प्रकरणलाई अभियुक्त डा यादबसहित समाजबादी पार्टीले अपहरण भनेको छ भने आरोपीत तीनैजनाले आफूहरुले अपहरण नगरेको जिकिर गरेका छन् ।

पछिल्लो समय समाजबादी जनता पार्टीका साँसद अपहरण काण्डमा नोपाका दुई साँसदर पुर्ब प्रहरी प्रमुख खनाल तानिएका छन् । उनीहरु शक्ती केन्द्ररका आडमा मुद्धा दर्ता हुनबाट ब१िचत भएका देखिन्छन् । आजको मुद्धाले डा सुरेन्द्र यादबको मुद्धालाई कत्तिको प्रभाव पार्छ त्यो भने हेर्न बाँकी छ ।

समाजबादी पार्टीका उच्च नेताहरु डा बाबुराम भट्टराई, उपेन्द्र यादब, राजेन्द्र महतो, महन्थ ठाकुर लगायत सबै टेकु प्रहरीमा अपहरण मुद्धा दर्ता गर्न जाँदा समेत उनको मुद्धा दर्ता गर्न प्रहरीले अस्वीकार गरेको थियो ।

जनता समाजवादी पार्टीका नेता डा भट्टराईले सांसद अपहरणको आरोप लगाएर आफूहरुको मानवाधिकार हनन एवं मानहानि गरेको जनाउँदै उनीहरुले आज आयोग पुगेर डा भट्टराईविरुद्ध उजूरी दर्ता गराई निष्पक्ष छानबिनको माग गरेका हुन् ।

निवेदननमा भनिएको छ, ‘नेपालको संविधानको धारा २४९ को उपधारा २ (क), २ (ख) र राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा १० बमोजिम मानवअधिकारको उल्लंघन भएको, दुरुत्साहन भएकोले सत्यतथ्य छानबिन गरी प्रचलित कानूनबमोजिम हदैसम्मको कारबाही गर्न गराउन सिफारिस गरी पाउं ।’
उजूरीमा जसपाका सांसद डा सुरेन्द्र यादवको अपहरण गरेको भनी झूटो आरोप लगाई गलत प्रचार गरी आफू र आफ्ना परिवारमा मनोवैज्ञानिक पीडा, अपहेलना र मानसिक क्षति पु¥याएको भन्दै कारवाही गर्न माग गरिएको हो ।

डा यादवले जसपाका प्रमुख सचेतक उमाशंकर अरगरिया र प्रदेशसभा सदस्य कौशल यादलगायत आफूसँगै आएका अन्य आफन्तबारे कुनै कुरा उल्लेख नगरी डा भट्टराई तथा विश्वदीप पाण्डेको सम्पर्कमा पुगेपछि बदनियतपूर्वक र राजनीतिक लाभ लिने उद्देश्यबाट प्रेरित भई गम्भीर आरोप लगाएको उनको भनाइ छ ।

आयोगमा नेकपाका केन्द्रीय सदस्य बस्नेतले भने “पार्टी एकतादेखि धेरै विषयमा कुराकानी गर्न सहमतिकै आधारमा काठमाडौँ आए पनि डा बाबुराम भट्टराईको नेतृत्वमा यसलाई अतिरञ्जित गरिएको, गम्भीरर आरोपहरु लगाइएको छ, यसको निष्पक्ष छानबिन गरी कारवाही गर्न माग गर्दछौँ ।”

अर्का सांसद श्रेष्ठले तनहुँको विकासमा निरन्तर लागिरहेको र आफूले पाउने तलब एवं सुविधासमेत जिल्लाका विकासमा खर्च गरेको व्यक्तिलाई अपहरण जस्तो गम्भीरर आरोप लगाएर आफूहरुको चरित्रमाथि दाग लगाउने र मानसिक तनाव दिने काम भएकाले छानबिन गरी कारबाही गर्न माग गरे ।

पूर्वप्रहरी महानिरीक्षक खनालले प्रहरी सेवामा आफूले निष्कलंकित भएर ३० वर्ष पु¥याएको योगदानलाई मेट्ने काम गर्दै अपहरणको आरोप लगाएर आफू र परिवारमा मानसिक क्षति पु¥याउने काम भएको जिकिर गरे ।

त्यस्तै फेसबुकलगायत सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई मानहानि गरिएको तथा जातीय सद्भाव भड्काउने शब्द प्रयोग गरी घृणा र द्वेष फैलाउने कार्य गरेको भन्दै डा भट्टराई, जसपाका नेता विश्वदीप पाण्डे र आङ्काजी शेर्पालाई साइबर क्राइमअन्तर्गत कारबाही गर्नका लागि सिफारिस गर्न माग गरिएको छ ।
उजूरी बुझ्दै आयोगका सदस्य प्रकाश वस्तीले यसबारेमा निष्पक्ष छानबिन गरिने, प्रमाण जुटाइने, आवश्यक परे सम्बन्धित स्थानमै गएर छानबिन गरिने र मानवाधिकार हनन भए नभएको सत्यतथ्य बाहिर ल्याइने बताए । महोत्तरीस्थित घरबाट यही वैशाख १० गते जबर्जस्ती काठमाडौंँ ल्याएको भन्दै डा यादवले पनि मानवाधिकार रक्षा गरिदिन माग गर्दै वैशाख १८ गते आयोगमा उजूरी दर्ता गराएका थिए ।