२७ बैसाख, काठमाडौं । नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीलेनेपालको भूभागमा कुनैपनि प्रकारका गतिबिधि नगर्न भारत सरकारलाई आग्रह गरेका छन् । उनले एक विज्ञप्ती निकाल्दै लिपुलेक, लिम्पयाधुरा, कालापानी सुगौली सन्धी अनुसारनै नेपालको भएको भनिएको स्पष्ट पार्दै उक्त भू भागमा मानसरोवर जाने बाटो बनाउनु गलत भएको बताएका छन् ।
मन्त्री ज्ञवालीले उक्त स्थानका बारेमा प्रधानमन्त्री स्तरबाट भएका भारत र नेपालबीचका समझदारीबिरुद्ध भएको बताएका छन्। मानसरोवर जानका लागि भारतले एकतर्फी रुपमा बाटो निर्माण गरेको कुराभारतीय पक्षबाट खुलस्त गरेपछि मन्त्री ज्ञवालीले पहिले अनभिज्ञता प्रकट गरेपनि आज बिज्ञप्ती निकाल्दै सरकारको आधिकारीक धारणा प्रश्तुत गरेका छन् ।
नेपालको भूमी कालापानी, लिपुलेक र लिम्पीयाधुरा क्षेत्रमा भारत र नेपालबीच बिबाद भएको भएपनि भारतले केही महिना अगाडी आफ्नो नक्सामा उक्त भूभागलाई भारतको भन्दै प्रकाशितगरेपछि बिबाद सतहमा पुगेको थियो । परराष्ट्रमन्त्री ज्ञवालीले भारतलेउक्त चालेको कदमले नेपाल दुःखी भएको स्पष्ट गरेका छन् ।
तत्कालीन समयमा साम्य भएको बिबाद बिश्व ब्यापी माहामारी कोरोना संक्रमणका कारण थाला परेको बेला पुन बिबादमा ल्याउनेमिचाहा प्रवृतिदेखाएको छ। परराष्ट्रमन्त्री ज्ञवालीले कुटनीतिक स्तरबाट विज्ञप्ती निकाल्दै भारत सरकारको ध्यानाकर्षण गर्ने कार्य गरेका छन् ।






