११ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य, पुर्व मन्त्री एबम् गणेशमानसिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष नबिन्द्रराज जोशीले प्रतिष्ठानले तयार गरेको कोरोनाको समयको आर्थिक प्रतिबेदन आज नेपाली काँग्रेसका सभापति तथा पुर्ब प्रंधानमन्त्री शेरबहादुर देउवा तथा बरिष्ठ नेता रामचन्द्र पौडेललाई बुझाएका छन् ।
अर्थबिदहरुसहितले नेता जोशीको संयोजकत्वमा तयार गरिएको निकै महत्वपूर्ण प्रतिबेदन केहीदिन अगाडी नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोख्रेलमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका थिए । उनले काठमाडौको एक हलबाट लाई भर्दै प्रतिबेदन सार्बजनिक गरेको समयमा नै सरकार र आफ्ना पार्टीका नेता हरुलाई बुझाउने बताए अनुसार बुझाएका छन् ।
कोरोनाको समयको अर्थतन्त्रलाई कमेटेर बनाईको प्रतिबेदनले महत्वपूर्ण योगदान गर्न सक्ने अनुमान अर्थविदहरुले गरेका छन् ।





