साहित्य

साथी नेपाल बनाउन अब फर्क

 

                                      -डा. कर्णखर खतिवडा                         -कविता

आफ्नो ज्ञान सिप रगत र पसिना
कौडीको मूल्यमा विदेशी भूमिमा बेचिरहेका युवा साथी !
अब फर्कि आऊ नेपाल बनाउन,
अब नेपाललाई नेपाल जस्तै बनाउनु पर्छ !
अब नेपाललाई हिमाल जस्तै बनाउनु पर्छ!
‌                       —
तराईको माटोमा तीन बाली अन्न फलाउनु पर्छ
आफ्नै देशको उखुले चिनी मिल चलाउनु पर्छ
पाम ओयल र भटमासको तेलले भारत भिजाउनु पर्छ
नेपालको गलैँचाले युरोप ढाक्नु पर्छ
हाम्रो तयारी पोसाक लगाएर अमेरिका नाच्नु पर्छ
अन्न मासेर रक्सी होइन
पेट्रोलको विकल्प इन्धन बनाउनु पर्छ
पेट्रोलियमको आयात घटाउनु पर्छ
विद्युतीय रेल दौडाउनु पर्छ
पहाडमा नगदे बाली बर्षैभरि लहलहाउनु पर्छ
चिया र कफीले डाँडाकाँडा ढाक्नु पर्छ
अलैँची र अदुवाले खोल्सीहरू छाप्नु पर्छ
एउटै बोटका चारवटा हाँगामा
उदेक लाग्ने गरी
सुन्तला, कागती, मौसमी र ज्यामिर
चारथरि फल फलाउनु पर्छ
अर्को बोटका चारवटा हाँगामा
स्याउ, नस्पाती, एभोकाडो र किवी झुलाउनु पर्छ

हिमालभरि पर्यटकहरू दौडाउनु पर्छ
अदुवा, अलैँची, कफी र चियाले
पहाडैछपक्क छोप्नु पर्छ
आऊ युवा साथी !
अब फर्कीआऊ नेपाल बनाउन
अब कृषिमा क्रान्ति ल्याउनु पर्छ
हाम्रा पितापुर्खाले दुस्खले जोडेको माटो
रगत बगाएर बैरीबाट जोगाएको यो धर्ती
हामी यही माटोमा सुन फलाउनु पर्छ!

हामीले बनाएकासनपाटका बोरा
अमेरिकी, युरोपेलीहरूलाई बोकाउनु पर्छ
प्रकृति मैनालीसँग यो विद्या सिक्नु पर्छ
एक पटक उनको शक्ति मिलन नेपालु अवश्य पुग्नु पर्छ

पुष्पा स्थापितसँग पुराना जिन्स तह लगाउन सिक्नु पर्छ
एक पटक उनको अपसाइकल नेपाल पुग्नै पर्छ
विदेशबाट कौडीको मूल्यम थोत्रा जिन्स मगाउनु पर्छ
हाम्रो सिपले चिटिक्कका झोला बनाएर
विदेशीहरूका काँधमा भिराउनु पर्छ
नेपाली रुपैँयामा किन्नु पर्छ
डलर र पाउन्डमाबेच्नु पर्छ !

अब हामी पनि,
आयुसी केसीबाट फोहोरबाट मोहोर फलाउन सिक्नुपर्छ
एक पटक जरुर,
उनको खाली सिसी डट कम भिजिट गर्नु पर्छ
खाली सिसी पुराना कागजअबहामी आफैँ भेला गर्नु पर्छ
भारतीय भैयाहरूलाई बाइ बाइ छ दाइ भन्नु पर्छ !

ल झट्टै आइहाल्नुहोस्,
ओजस्वी वैद्य र लुनिभा मानन्धरसँग
पुराना टायरबाट नयाँ फर्निचर बनाउने तरिका सिक्नुपर्छ
ुटायर ट्रेजर्सु पुगेर हाम्रा आँखा खोल्नु पर्छ
अब पुराना टायर डढाउन छोड्नु पर्छ
अब हाम्रो आन्दोलन विकासतर्फ मोड्नु पर्छ

गुल्मी, आँपचौरका बद्री पौडेलसँगकफी खेती गर्न सिक्नु पर्छ
अब जापान, फ्रान्स र कोरियालाई पुग्ने गरी
नेपालको कफी पठाउनु पर्छ
इलामका गङ्गाबहादुर बिष्टसँग
किवी खेती गर्न सिक्नु पर्छ
इलामबाटै बिरुवा ल्याई
हाम्रो बारी ढाक्नु पर्छ
भारतलाई चाहिएजति किवी हामी नै दिनु पर्छ
हङकङलाई नेपालकै किवी अघाउन्जेलखुवाउनु पर्छ
अब नेपालमा च्याउ खेती फस्टाउनु पर्छ
बलम्बू गई प्रविधि सिक्नु पर्छ
मकवानपुरका नवराज ढकालसँग
च्याउ खेती गर्ने सिप सिक्नु पर्छ
अब नेपाललाई सम्पन्न बनाउनु पर्छ
एउटा पुस्ताले धेरै मेहनत नगरी
कुनै पनि देश बन्दैन भन्छन्
बनेको छैन भन्छन्।
आऊ, साथी
हाम्रै पुस्ताले देश बनाएको जस पाओस्
अब देश बनाउनका लागि
जागिर होइन श्रम गरौँ
चार नबजुन्जेल होइन
काम नसकिउन्जेल काम गरौँ
आऊ साथी देश बनाऔँ
पुर्खाले देख कमाए
पुर्खाले देश जोगाए
हामी देश बनाऔँ
नयाँ पुस्ताले सोध्ला
तिम्रा पालामा के गर्यौँ ?
हामी भनौँला
देश सम्पन्न बनायौँ
विकासको मूल फुटायौँ।
आऊ साथी आऊ,
काम गरे भोकले मरिँदैन नडराऊ
मातृभूमिभन्दा महान् अर्को छैन
छिट्टै फर्की आऊ खुट्टा नकमाऊ
मातृभूमिमा पसिना बगाऊ
नाम पनि कमाऊ दाम पनि कमाऊ
आऊ छिट्टै फर्की आऊ !