राजनीति

काँग्रेसले सर्बसम्मत निर्णय गर्दै संसदीय दललाई दियो निर्देशनःसंबिधान संसोधन प्रस्तावमा मतदान गर्नु

१७ जेठ, काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समिति बैठकले कालापानी, लिपुलेक र लिम्पीयाधुरासहितको निशाना छाप राखी संबिधान संसोधन गर्ने सरकारको प्रस्तावमा मतदान गर्ने निर्णय गरेको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको आजको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो ।

काँग्रेसले संसदमा संसोधनका लागि छुट्टै प्रस्ताव समेत दर्ता गर्ने भएको छ । आजको बैठकले संसदीय दललाई निशाना छापका लागि संबिधान संसोधन प्रस्तावमा मतदान गर्न संसदीय दललाई निर्देशन समेत दिएको छ । शुक्रबार संसदको कार्यसूचीमा राखेको संबिधान संसोधन प्रस्ताव पछि हटाएको भन्दै काँग्रेसले सरकारको आलोचना गरेको थियो ।

सर्बदलीय बैठकमा पुगेका सभापति शेरबहादुर देउवासहितका शीष नेताहरुले संसोधनको प्रस्तावमा सहमती जुटाउन केन्द्रीय समिति बैठकबाट पास गनुपर्ने भनेको कुरालाई सरकारले देखाउँदै संसोधनको कार्यसूची हटाएको थियो ।  काँग्रेस महामन्त्री पूर्ण बहादुर खड्काले सर्बसम्मत रुपमा उक्त निर्णय भएको बताएका छन् ।

काँग्रेस कार्यकर्ता तथा देशभक्त नेपालीहरु नेपाली काँग्रेस केन्द्रीय समितिको संबिधान संसोधनको निर्णयको प्रतिक्षामा थिए । आज राती भएको उक्त निर्णयले काँग्रेसले ऐतिहाशिक निर्णय गरेको देखिएको छ भने नेकपा सरकार बिलखबन्दमा परेको राजनीतिक बृतमा चर्चा हुन थालेको छ।