स्वास्थ्य

स्वास्थ्यकर्मीको सल्लाहः लकडाउनमा कोरोनाबाट बच्न यात्रा गर्दा निम्न कुरामा ध्यान दिनुहोस्…

सितला देवी शर्मा/ कोभिड – १९ महामारीको समयमा सकेसम्म घरबाट बाहिर ननिस्कनु होला तर यात्रा गर्नैपर्ने अवस्था आइपरेमा निम्न कुराहरुमा बिशेष ध्यान दिनुहोला ।

१. आफुले खाने औषधी छन् भने औषधी र कागजपत्र यात्रा गर्ने ब्यागमा सजिलै सँग झिक्न मिल्ने ठाउमा राख्नुहोस् र नियमित औषधी सेवन गर्ने बानी गर्नुहोस् ।

२. अहिले कोभिड– १९ को समस्याले गर्दा होटेलहरु, खाजा खाने ठाउँहरु, नास्ता पसलहरु बन्द हुने हुनाले घरबाट बाहिर निस्कदा र यात्रा गर्दा सुक्का (ड्रराई फूड) खानेकुराहरु र पिउने पानी लिएर हिड्ने गर्नुहोस । बच्चालाई आफुलाई भोक लागेको बेला खानु पर्छ ।

३. मधुमेहको औषधी खानु हुन्छ भने समयमा खानेकुरा खाएर औषधी खानु पर्ने हुन्छ । खानेकुरा लिएर हिड्न अल्छि नगर्नु होला । अलिअलि चकलेट पनि बोकेर हिडनु राम्रो हुन्छ । कहिलेकाही शरीरमा चिनीको लेबल एकदमै कम भएर रिंगटा लाग्न थाल्छ त्यस्तो बेलामा थोरै चकलेट चुस्दा राम्रो हुन्छ ।

४. मानिस सँग कम बोल्ने, उभिदा अलि टाढै उभिने गर्नु पर्छ । कम्तिमा १ मिटरको फरक हुनुपर्छ । पसलमा किनमेल गर्नु परेमा फरक दुरीमा रहेर किनमेल गर्नुपर्छ ।

५. मौका पायो कि साबुन पानीले कम्तिमा पनि २० देखी ३० सेकेन्ड हात मिचिमिची धोइहाल्नु पर्छ ।

६. यातायातबाट ओर्लने साथ हात धुनुपर्छ । जहाजको यात्रा गरेको हुनुहुन्छ भने विमानस्थल छोड्नु भन्दा अगाडी हात साबुन पानीले मिचिमिची धुनुहोस । साथमा स्यानीटाईजर लिएर हिडनु पर्छ । यदि साबुन पानीको ब्यबस्था छैन भने स्यानीटाईजर मजाले हातमा लगाउनु पर्छ । यो लगाउदा नारीसम्म आउने गरी लगाउनु होला ।

७. बिशेष गरी सकेसम्म तपाइले आफ्नो अनुहारतिर हातले नछुनु होला (नाक मुख आँखा) । छुनु परेमा साबुन पानीले हात मिचिमिची धोएर छुन सक्नु हुन्छ ।

८. सार्बजनिक स्थलहरुलाई हातले छुनु हुदैन । संक्रमण भएको ब्यक्तिको हातले छोएको छ भने अथवा त्यस व्यक्तिले खोक्दा वा हाच्छ्यु गर्दा छिटाहरुको मध्यमबाट सतहमा परेको हुनसक्छ, तपाइको हातले छोयो भने तपाइको हात मार्फत अनुहारमा ( नाक, मुख, आखाँ) जान सक्छ । बच्चाहरु छन् भने पनि नछुनु भनेर सिकाउनुहोला ।

९. मास्क, चस्मा र ग्लोब अनिबार्य लगाउनुहोस । ग्लोब लगाएको छु भनेर हातले जहापायो त्यही नछुनुहोस । रेन कोट वा हावा नछिर्ने ज्याकेट लगाउदा राम्रो हुन्छ, जुत्ता पनि स्यानीटाईजरले पुछ्न मिल्ने गमबूट लगाउदा राम्रो हुन्छ । गन्तव्यमा पुगेपछि लगाएको लुगाहरु सबै धोएर घाममा सुकाउनु पर्छ ।

१०. कसैलाई रुघाखोकी लागेको छ भने अलि टाढा बस्नुहोस । आफुलाई लागेको छ भने पनि आफै अलि टाडा हुने, थोरै पनि १ मिटर दुरीको फरकमा उभिने ठाउँ छ र मिल्छ भने २, ३, मिटर कै फरक दुरीमा रहेर काम गर्दा झन राम्रो हुन्छ ।

११. तपाई आफै बस्ने सिट र वरिपरी स्यानीटाईजरलाई टिस्यु पेपर मा लगाएर पुछेर बस्नुहोस र टाईम टाईममा पुछीराख्नुहोस । अरुले पुछे पनि आफै पनि पुछ्नुहोस् ।

१२. भिडभाडमा नजानुहोस्, नउभिनुहोस्, नबस्नुहोस किनकी कसलाई के भएको छ कसैलाई थाहा हुदैन । यदि तपाइलाई ज्वरो आयो स्वास फेर्न गार्हो भयो भने मेडिकल टिमको सहयोग लिनुहोस् ।

१३. यदि बाहिर या विदेशबाट आउनु भएको छ भने सेल्फ आइसोलेशनमा वा क्वारेन्टिनमा बस्नु पर्नेहुन्छ । तपाइको आफनै ठाउमा ब्यबस्था गरेको छ या अरु कतै ब्यबस्था छ सोधपुछ गरेर जानुहोस् ।

१४ क्वारेन्टिनमा राख्दैमा र बस्दैमा तपाइलाई कोरोना लागेको हुदैन तर सरकारको नियमलाई पालना गरिदिनोस् । आफ्नो घरमा गएपछि लुगाहरु अन्य समानहरु साबुन पानीले धुन मिल्ने धोएर घाममा सुकाउनेगर्नुहोस । नमिल्नेलाई स्यानीटाईजरले पुछ्नु होस् र घाममा रख्नुहोस् ।

१६. अहिलेको समयमा विदेशबाट आउदा समानहरु। उपहार ,परिवारलाई लुगाफाटा नल्याउनु नै राम्रो हुन्छ । आफ्नो आबस्यक समान मात्र लिएरआउनु राम्रो हुन्छ ।

१७. आनन्दले खानुस, बस्नुस, सुत्नुस, शारीरिक ब्याम, योगा गर्नुस्, रमाउनुस, आफ्नो सरसफाईमा बढी ध्यान दिनुस् कोरोना लागिहाले पनि त्यसलाई जितेर अबस्य आफ्नो घर परिवारमा फर्किनुहुन्छ चिन्ता नलिनुहोला ।
(शर्मा स्वास्थ्यकर्मी हुन्, उनी लालगढ धनुषा बस्छन् ।)