पु.समाचार

बढीपहिरोपीडितको तत्काल उद्दार गरी राहत दिन काँग्रेसको सरकारसंग माग

२१ असार, काठमाडौं । वर्षायाम शुरुवात भए सँगै देशभरका विभिन्न स्थानमा भएको अविरल वर्षाको कारण पहाडी भेगमा बाढी र पहिरो तथा तराई क्षेत्रमा डुवानका घटनाहरु घटिरहेको प्रति नेपाली काँग्रेस संसदीय दलले ध्यानाकर्षण भएको जनाएको छ । दलले यस वर्षको मनसुन शुरु भए देखि बाढी, पहिरो र डुवानका कारण बझाङ्ग, पाल्पा, गुल्मी, स्याङ्जा, गोरखा, लमजुङ्ग, दार्चुला र सल्यान लगायतका स्थानमा हालसम्म करिब दुई दर्जन व्यक्तिले ज्यान गुमाइ सकेका छन् भने केही व्यक्तिहरु घाइते र वेपत्ता रहेको भन्दै दर्जनौं घरहरुलाई क्षति पु¥याएको जनाएको भन्दै मुलुकभर घटिरहेको बाढी, पहिरो र डुवानका दुःखद घटनाप्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गरेको छ ।

प्रमुख सचेतक बालकृष्ण खाणले नेपालमा केही समय मनसुन अझ सक्रिय हुने भएकोले भाविष्यमा अझ बढी बाढी, पहिरोको तथा डुवानको उच्च जोखिम रहेकोले जोखिमयुक्त स्थानहरुलाई पहिचान गरी त्यहाँका नागरिकहरुलाई तत्काल अन्यत्र सुरक्षित स्थानमा व्यस्थापन गरी जनताको जीउधनको सुरक्षाका लागि सरकार तथा सम्बन्धित पक्ष समक्ष आग्रह गरेका छन् । नेपाली कांग्रेस संसदीय दलले क्षति न्यूनिकरणका लागि तत्काल उद्दार टोली परिचालन र प्रभावकारी संयन्त्रको निर्माण गर्न सरकार समक्ष माग गरेका छन् ।

बाढी, पहिरो र डुवानमा वेपत्ता भएका व्यक्तिको तत्काल खोजी गरी उद्दार गर्न, घाइतेहरुको स्वास्थ्य उपचार र विस्थापित भएका घरपरिवारहरुलाई सुरक्षित स्थानमा पुनस्र्थापन गरी राहत विवरणका साथै मृत्यु भएका घरपरिवारहरुलाई उचित क्षतिपूर्ति दिन नेपाल सरकारसँग नेपाली कांग्रेस संसदीय दल माग थप गरेको छ ।

बाढी, पहिरो तथा र डुवानमा परी घाइते हुनु भएका व्यक्तिहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै जीवन गुमाउनु भएकाहरु प्रति नेपाली कांग्रेस संसगरेको छ ।