पर्यटन/संस्कृति

अलपत्र नेपाली फर्काउन खटिएका तीन पाईलटसहित १४ जना कर्मचारीमा कोरोना पुष्टी

२२ असार, काठमाडौं। आज १४ जना नेपाल एयरलाइन्सका कर्मचारीलाई कोरोना संक्रमण भेटिएको पुष्टी भएको छ ।
११ जना क्याविन क्रु र ३ पाईलटलाई कोरोना संक्रमण भेटिएको हो । विदेशमा अलपत्र नेपालीहरुलाई नेपाल फर्काउन खटिएका उनीहरुमा कोरोना देखिएको जनाईएको छ ।

कोरोना पुष्टी भएकाहरु होटल क्वारेन्टाईनमा बसेका छन् ।