२३ साउन, वीरगञ्ज । पछिल्लो समय कोरोनाको ईपिसेन्टर बन्दै गएको वीरगञ्जमा एकैपटक १ सय ४२ जना नयाँ संक्रमित थपिएका छन् ।
नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको पक्षिणमा सेना, चिकित्सक र प्रहरी सहित यतिठुलो संख्यामा संक्रमण देखिएको हो । पर्सामा एकैपल्ट यतिधेै सङख्यामा कोरोना देखिएको यो पहिलो पटक हो । पछिल्लो समय मुलुकैभरी त्यस्मापनि पर्सा वीरगञ्जमा सेना, प्रहरी र चिकित्सकमा अत्यधिक संक्रमण देखिँदै गएको छ ।
संक्रमितहरुमा १७ जना महिला रहेका छन् भने रौतहट र बाराका पनि ४/४ जना रहेका छन् । संक्रमित हुनेहरमा नेपाली सेनाका ५ जना, ४५ जना प्रहरी, नारायणी बयोधा अस्पतालका ५ जना चिकित्सकसहित १५ जना, वीरगञ्ज–२५ सिर्सिया क्षेत्रमा ३९ जनालगायतमा रहेका छन् ।
यस्तै गण्डक कोरोना अस्पतालमा बिहिबार मृत्यु भएका वीरगञ्ज–११ का ५७ वर्षीय पुरुष र घरमै मृत्यु भएका ७९ वर्षीय वृद्ध पनि यो संख्यालाई पनि जोडिएको छ । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुखको कन्ट्याक्ट ट्रेसिङमा परेका ७२ वर्षीय वृद्ध, ६८ वर्षीया वृद्धा, २१ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो ।
गत चैत्र ११ गतेदेखीको लागेको लकडाउन खुलेसंगै वीरगञ्ज कोरोनाको ईपिसेन्टर बन्दै गएको छ । त्यहाँ मृत्यु हुने र संक्रमितको सङ्ख्या दैनिक थपिएको छ । समुदाय स्तरमै कोरोना फैलिएको छ ।





