२४ साउन, पर्सा । कोरोना संक्रमणको ईपिसेन्टर बन्दै गएको पर्सामा फेरी ५५ जना नयाँ संक्रमित थपिएका छन् ।
पर्साको बुदरमाई जगरपालीकाका मेयर सहित ५५ जनामा कोरोना पुष्टि भएको हो । शुक्रबार राति नाराणी अस्पतालको प्रयोशालामा गरिएको परिक्षणमा मेयर नितेन्द्र साह सहित ५५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
संक्रमितमध्य १३ जनाले आँफै पैसा तिररेर परिक्षण गराएका थिए । ५५ जना संक्रमीत मध्य १० जनामा ज्वरोलगाएत कोरोनाको लक्षण देखिएको बताईएको छ ।
संक्रमित हुनेहरुमा ८ अजा महिला सहित ५५ जना रहेको अस्पताका मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायले जानकारी दिएका छन् ।





