पु.समाचार

आज नेपाल–भारत संयुक्त अनुगमन संयन्त्रको भर्चुअल बैठक बस्दै

१ भदौ, काठमाडौं । नेपाल–भारत संयुक्त अनुगमन संयन्त्रको भर्चुअल बैठक बस्दै आज बस्दै छ । द्विपक्षीय सहयोगमा सञ्चालित परियोजनाबारे समीक्षा गर्न बस्ने यो आठौं बैठकको नेतृत्व परराष्ट्र सचिव शंकर बैरागीले गर्नेछन् भने भारतका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार बैठकमा विशेषगरी भारतको सहयोगमा सञ्चालन भइरहेका परियोजना कार्यान्वयनका विषयमा छलफल गरिनेछ । संयन्त्रको सातौं बैठक २०१९ जुलाई ८ मा काठमाडौंमा भएको थियो ।

२०१६ सेप्टेम्बरमा तत्कालीन प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण गर्ने क्रममा भएको सहमतिअनुसार संयन्त्र गठन गरिएको हो । जसको काम भारतीय सहयोगमा सञ्चालित हुलाकी राजमार्ग, अन्तरदेशीय रेलमार्गलगायत परियोजना वर्षाैँसम्म सम्पन्न नहुनेजस्ता समस्या समाधान गर्नु हो ।