२ भदौ, काठमाडौं । कोरोना संक्रमणका कारण नेपालमा फेरी एक ९८ वर्षे बृद्धले ज्यान गुमाएका छन् ।
काभ्रेको धुलिखेल अस्पतालमा उपचाररत वृद्धको संक्रमणका कारण आज बिहानै मृत्यु भएको पुष्टि भएको छ । मृतक बृद्ध मधुमेह र दमको रोगि भएको अस्पतालले जानकारी दिएको छ ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवन कुमार तिमल्सिनाका अनुसार कोरोना संग मिल्दोजुल्दो लक्षण देखिएपछि धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा बृद्धमा गत साउन २७ गते कोरोना संक्रमण पुष्टि भएइको थियो ।
पछिल्लो समय लक्षण सहितका संक्र्रमितहरु देखिन थालेसंगै मृतकको सङ्ख्या पनि थपिदै गएको छ ।





