३ भदौ, काठमाडौं । अछामको रामारोशनमा आएको भिषण वाढीमा परि मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । रामारोशन गाउँपालीका ५ मा थप २ जनाको शव फेला परेसंगै मृतकको सङख्या ६ पुगेको हो ।
वाढीमा परि मृत्यु हुनेहरुको पिहचान खुल्न बाँकी छ भने अन्य १७ जना अँझै बेपत्ता छन् । अछामको रामारोशन गाउँपालीका ५ स्थित कैलास खोलामा आएको वाढीले त्यहा ठुलो क्षती भएको छ । कैलास खोलाको वाढीले छेउछाउँका घर, खेत, पसल बगाएको छ ।
साथै वाढीले रामारोशन र बान्नीगढी जयगढ गाउँपालीका जोड्ने पक्की पुल समेत बगाएको छ । उद्धारकालागि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्रप्रहरी सहितको टोलि त्यहाँका लागि गएको छ । उक्त घटना स्थलमा प्रहरी जाँदै गरेकाले विस्तृत विवरण आउन बाँकी छ ।





