पु.समाचार

वीरगंञ्जमा ८४ र ५७ वर्षीया दुई पुरुषको कोरोनाका कारण निधन

३ भदौ, वीरगञ्ज । पछिल्लो समय कोरोनाको हटस्पट बन्दै गएको वीरगञ्जमा एकैदिन थप दुई पुरुषको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालीमा ४ विर्ता निवासी ८४ वर्षका र वीरगञ्ज भिस्वा निवासी ५७ वर्षका दुई पुरुषको मंगलबार मृत्यु भएको पुष्टि भएको हो ।

नारायणी अस्थाई कोरोना अस्पतालमा उपचारका क्रममा ८४ वर्षका पुरुषको मंगलबार राति साढे १० बजे र ५७ वर्षका पुरुषको मंगलबार अपरान्ह ३ बजे मृत्यु भएको हो । 

नारायणीको प्रयोगशालामा जिन एक्सपर्ट टेस्ट गर्दा नतिजा कोरोना पोजिटिभ आएको प्रशासन कार्यालयले जनाएको छ । पर्सामा कोरोना संक्रमणका कारण हालसम्म २३ जनाले ज्यान गुमाएका छन् । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संङ्ख्या दैनिक बढिरहेको छ ।