३ भदौ, वीरगंञ्ज । पछिल्लो समय कोरोनाको ईपिसेन्टर बन्दै गएको वीरगंजमा ठुलो संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालका कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना र भारतीय महावाणिज्य दूतावासका कर्मचारी सहित पर्सा र बारमा एकैदिन १ सय १७ जनाम कोरोना पुष्टि भएको हो ।
नारायणी अस्पतालस्थित प्रयोगशालामा गरिएको परिक्षणमा बयोधा अस्पतालका ६ जना कर्मचारी, नेपाली सेनाका ४ जना, बाराका ४ जना, भारतीय महावाणिज्य दूतावास र सप्तरीका एकरएकजना गरी यति ठुलो संङख्याका व्यक्तिको रिपोर्ट पोजेटिभ आएको हो ।
यस्तै संक्रमण पुष्टि हुनेहरुमध्य पर्साको बहुदरमाई नगरपालिकाका मात्रै ९० जना रहेका छन् । पर्साकै वीरगञ्जका ६ जना, जिराभवानी गाउँपालिकाका ४ जनाजना र एकजना छिपरमाई गाउँपालिकाका रहेका छन् ।
संक्रमण पुष्टि भएका १ सय १७ जनामा ३५ जना महिला पनि रहेको अस्पतालले जानकारी दिएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमण भुषको आगो जसरी फैलिँदै गएको छ ।
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगाएत विभिन्न कार्यालयमा काम गर्ने कर्मचारीदेखी स्थानीय नागरिकमा पनि कोरोना संक्रमण तिब्र फैलिँदै गएको छ । र मृतकको संङख्या पनि बढ्दै गएपछि विभिन्न जिल्लाहरुमा फेरी लकडाउन लगाईएको छ ।





