४ भदौ, काठमाडौं । अज्ञात व्यत्तिको गोलि प्रहारबाट रौतहटमा एक पुजारीको हत्या भएको छ । बुधबार साँझ रौतहटको माधवपुर नगरपालीकाका एक मन्दिरका पुजारीको हत्या भएको हो । माधवनारायण २ खेसरहियामा गोली हानेर हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या भएको हो ।
बुधबार साँझको नियमित पूजा सकेर राति खाना खान बसेका पुजारी साहलाई अज्ञात व्यक्तिले नजिकैबाट कन्चटमा गोली हानेका थिए ।
बायाँ कन्चटमा गोली लागेका पुजारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्काले जानकारी दिए । घटनाबारेमा थप अनुसन्धान भईरहेको छ ।





