समाचार

आज देशका केहि स्थानमा हल्कादेखी मध्यम वर्षाको सम्भावनाः मौसमवीद

४ भदौ, काठमाडौं । आज बिहीबार देशका केही स्थानको मौसममा बदली भई हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले मनसुनी न्युन चापीय रेखा नेपालको दक्षिण तर्फ अवस्थित रहेको छ ।

आज दिउँसोपछि देशभर सामान्य बदली भई मेघगर्जन सहित पानी पर्ने सम्भावना रहेको छ । त्यस्तै आज बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमका केही स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको छ ।

आज राति प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको छ । भने बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका स्थानहरुमा ठुलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

देशका केही स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेकोले नदीमा पानीको बहाव बढ्ने र पहाडी क्षेत्रमा पहिरो जाने स्थानमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।