५ भदौ, प्युठान । प्युठानमा कोरोना संक्रमणका कारण आज एक बृद्धको मृत्यु भएको छ । बुटवलस्थित कोरोना अस्पतालमा उपचाररत स्वर्गद्वारी नगरपालीका ७ प्युठानका ६४ वर्षे बृद्धको उपचारका क्रममा मृत्यु भएको पुष्टि भएको हो ।
मृतक वृद्ध मानबहादुर गौतम सुगरको विरामि भएको बताईएको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेका उनमा कोरोना परीक्षण गर्दा साउन ३२ गते रिपोर्ट पोजिटिभ आएपछि उपचारका लागि बुटवल लगिएकोमा आज उनको मृत्यु भएको स्वास्थ्य कार्यालय प्युठानका कोरोना फोकल पर्सन जनस्वास्थ्य निरिक्षक पुष्कल श्रेष्ठले जानकारी दिएका छन् ।
पछिल्लो समय नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संङख्या तिब्र बृद्धि भएको छ । कोरोना नियन्त्रण गर्न यतिबेला विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको छ ।





