५ भदौ, काठमाडौं । आज वीराटनगर र पाटनमा गरेर थप तिन जना कोरोना संक्रमितको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना र विराटनगरमा होम आईसोलेशनमा बसेका एक जनाको मृत्यु भएको छ ।
अस्पतालमा उपचाररत दोलखाकी ३० वर्षीया महिला र सर्लाहिका ४६ वर्षका पुरुषको आज बिहान मृत्यु भएको अस्पताललले जानकारी दिएको छ । जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका अनुसार दोलखाकी सक्रमित महिला भदौ २ गते देखी अस्पतालमा उपचाररत थिईन ।
यस्तै उता वीराटनगरमा पनि कोरोना संक्रमणका कारण आज एक पुरुषको मृत्यु भएको छ । वीराटनगर महानगरपालीका वडा नम्बर ६ का ४५ वर्षे पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । भदौ १ गते कोरोना पुष्टि भई अनुमति लिएर होम आईसोलेशनमा बसेका उनको मृत्यु भएको वडा अध्यक्ष विजय कामतले जानकारी दिएका छन् ।
सुगर र प्रेसरका रोगि समेत रहेका पुरुषको गएराति मृत्यु भएको हो । मृतक पुरुषको शव व्यवस्थापनका लागि महानगरपालीकालाई जानकारी गराई सकेको र व्यवस्थापनको तयारीमा नेपाली सेना रहेको वाडा अधयक्ष कामतले जानकारी दिएका छन् ।





