७ भदौ, काठमाडैं । वीरगञ्जमा पनि थप एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । शनिबार बेलुका ७ः ३० बजे एक ५६ वर्षे महिलाको गण्डक बहुअरीस्थित वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको पुष्टि भएको हो ।
वीरगञ्ज महानगरपालीका वडा नम्बर ११ कि मृतक महिला गत साउन २४ गते आईसियुमा भर्ना गरिएको महिलाको स्वास्थ्यमा सुधार नआएपछि भेन्टिलेटरमा राखेर उपचार थालिएको डाक्टर दिपक कुशवाहले जानकारी दिएका छन् । कोरोना पुष्टि भएसंगै साउन २४ गते नै आईसियुमा भर्ना गरिएको थियो ।
ज्वरोका साथै खोकी र श्वास प्रश्वासमासमेत समस्या भएपछि ती महिलाको साउन २२ गते स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा परिक्षण गर्दा साउन २४ मा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको मृत्यु संगै वीरगञ्जमा कोरोनाक कारण मृत्यु हुनेको संङ्ख्या २६ पुगेको छ ।





