७ भदौ, वीरगञ्ज । पछिल्लो समय कोरोनाको हटस्पट बन्दै आएको वीरगञ्जमा एकैचोटि १ सय ५६ जना व्यक्तिमा कोरोना भाईरस पुष्टि भएको छ । कोरोना संक्रमित हुनेहरुमा फ्रन्टलाईनमा भएर काम गर्ने पुलिस, सेना र चिकित्सक पनि रहेका छन् ।
नेपालमा पछिल्लो समय प्रहरी। चिकित्सक लगाएत बढी संक्रमित हुने गरेका छन् । कोरोना पुष्टि हुनेमा ३ वर्षदेखी ७० वर्षका उमेर समुहका ३४ महिला सहित १ सय ६५ जनाको कोरोना रिपोर्ट पोजेटिभ अएको हो ।
संक्रमित हुनेहरुमा नेशनल मेडिकल कलेज, भवानी र तराई हस्पिटलका गरी ५ जना डाक्टर, जिल्ला प्रहरी कार्यालयका कर्मचारी, नारायणी एफएमका कर्मचारी र जीतपुर आर्मी ब्यारेकका नेपाली सेनामा समेत संक्रमण देखिएको छ । आथ थपिएका नयाँ संक्रमितसँगै पर्सामा हालसम्म संक्रमित हुनेको संख्या एक हजार नौ सय ३५ पुगेको छ ।
नारायणी अस्पतालस्थित पिसिआर ल्याबमा गरिएको परिक्षणमा ३ सय २० जनाको स्वाब परिक्षणमा उनिहरुमा संक्रमण देखिएको हो । साथै यसअघि पर्सामा ३ सय ८७ जना महिला सहित १ हजार ७ सय ९० जना संक्रमित भएकाकामा ७४ जना महिला सहित ३ सय ५६ जनाले कोरोना जितिसकेका छन् ।





