८ भदौ, काठमाडौं । भक्तपुरमा एक ५६ वर्षे पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृगौला रोगबाट पिडित पुरुषको कोरोना संक्रमणका कारण आईतबार मृत्यु भएको हो ।
बुटवलका कोरोना संक्रमित उनको शहित धर्मभक्त राष्ट्रिय प्रत्यारोपन केन्द्रमा मृत्यु भएको हो । मृगौला रोगबाट पीडित मृतकलाई डाएलाईसिसका लागि ल्याईएको र उपचारका क्रममा ज्यान गएको हो ।
मृतकको शव व्यवस्थापन भईसकेको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संङख्या तिब्र गतिमा बढिरहेको छ ।





