९ भदौ, पर्सा । पर्सामा एक मृतक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साको जिराभवानी गाउँपालीका ४ निवासी ६८ वर्षे बृद्धको आईतबार मृत्यु पस्चात गरिएको स्वाब परिक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।
मुटुका रोगी बृद्धको आईतबार राति १० बजे यउपचारका क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि उनलाई आईतबार दिउँसो साढे १ बजे अस्पताल भर्ना गरिएको थियो । उक्त बृद्धको मृत्यु संगै कोरोना संक्रमणका कारण वीरगञ्जमा मृत्यु हुनेको संङख्या ६८ पुगेको छ ।
पछिल्लो समय कोरोनाको हटस्पट बन्दै गएको वीरगञ्जमा दैनिकजसो मृत्यु भईरहेको छ । आईतबार मृत्यु भएकाबृद्धको कुनै ट्राभल हिस्ट्री नभएको बताईएको छ ।





