पु.समाचार

कोरोना संक्रमणका कारण रुपन्देहीका थप एक ५३ वर्षे पुरुषको मृत्यु

९ भदौ, काठमाडौं । कोरोना संक्रमणका कारण रुपन्देमा एक ५३ वर्षे पुरुषको मृत्यु भएको पुष्टि भएको छ । संक्रमण पुष्टि भएपछि भैरहवाको भिव अस्पतालमा उपचाररत रुपन्देहीका ५३ वर्षे पुरुषेको गएराति मृत्यु भएको हो ।

रुपन्देहिको गैडहवा गाउँपालीका ३ का पुरुषको गएराति मृत्यु भएको हो । टाउकोमा जमेको रगत सल्यक्रिया गर्नुअघि गरिएको पिसिआर परिक्षणमा कोरोना पुष्टि भएको थियो ।

घरको छतबाट खसेर घाईते भएका उनको युनिभर्सल मेडिकल कलेज अस्पतालमा कोरोना परिक्षण गर्दा संक्रमण पुष्टि भएपछि भिम अस्पतालमा रेफर गरी उपचार चलिएरहेको थियो । यो संगै रुपन्देहीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ ।