९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका एक नेताको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कांग्रेसका नेता काठमाडौं वडा नम्बर २१ का गोविन्द रञ्जितको मृत्यु भएको हो ।
नेपाली कांग्रेस काठमाडौं महानगरपालीका वडा नम्बर २१ कार्यसमिति सभापति रञ्जितको मृत्यु भएको काठमाडौं वडा नम्बर २ का क्षेत्रीय सभापति उपेन्द्र कार्कीले पुष्टि गरेका छन् ।
कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंको बलब्बुस्थित ससस्त्र प्रहरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कार्कीले जनाएका छन् । उता काठमाडौं २१ का वडाअध्यक्ष उदयचुडामणी बज्रार्चाले भने मृत्युको आधिकारी पुष्टि नभएको बताएको पहिलो पोष्टले पुष्टि गरेको छ ।





