पु.समाचार

ललितपुरको पाटन अस्पतालमा उपचाररत ५४ वर्षे कोरोना संक्रमित पुरुषको मृत्यु

१० भदौ, काठमाडौं । कोरोना संक्रमणका कारण ललितपुरको पाटन अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएको छ ।

गत साउन ३२ गतेदेखी उपचाररत ५४ वर्षे पुरुषको गएराति ९ बजे मृत्यु भएको अस्पतालले विज्ञप्ति जारी गर्दै पुष्टि गरेको छ ।

काठमाडौंका संक्रमित उनको कोरोनाका कारण मृत्यु भएको हो । पछिल्लो समय काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमणका कारण मृत्यु हुनेको संङख्या थपिँदै गएको छ । भने संक्रमित पनि थपिँदै गएका छन् ।