पु.समाचार

कोरोना संक्रमणका कारण नारायणी अस्पतालमा उपचाररत ७२ वर्षे बृद्धको मृत्यु

११ भदौ, काठमाडौं । पछिल्लो समय कोरोनाको हटस्पट बन्दै गएको वीरगञ्जको पर्सामा फेरी एक व्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

पर्साको नारायणी अस्पतालमा उपचाररत एक बृद्ध पुरुषको मृत्यु भएको हो । पर्साको धोबिनी गाउँपालीका ३ का ७२ वर्षे बृद्धको बुधार साँझ नारायणी अस्पतालमा मृत्यु भएको पुष्टि भएको छ ।

मृतक बृद्ध स्वास्थ्यमा समस्या आएपछि ८ गते अस्पताल भर्ना भएका थिए । पछिल्लो समय पर्सामा कोरोना संक्रमणका कारण मृत्यु हुने र संक्रमितको संख्या तिब्र गतिमा बढेको छ ।