११ भदौ, काठमाडौं । कपिलवस्तुका कोरोना संक्रमित पुरुषको बुटवलको कोभिड अस्पतालमा मृत्यु भएको छ ।
उच्च रक्तचाप, मधुमेह र रक्तअल्पताबाट पीडित पुरुष भदौ ५ गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए ।
कपिलवस्तु नगरपालीका १ का ५० वर्षे पुरुषको बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विषेश अस्थाई अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिएका छन् ।





