पु.समाचार

चितवनमा आज एकैदिन दुई कोरोना संक्रमितको गयो ज्यान

१२ भदौ, चितवन । पछिल्लो समय नेपालमा कोरोना संक्रमणका कारण मृत्यु बरण गर्नेको संख्यामा उच्च बृद्धि अएको छ । युवा, युवती, बृद्ध, बृद्धाले कोरोनाका कारण ज्यान गुमाईरहेका छन् ।

यस्तै आज चितवनको दुई छुट्टा छुट्टै अस्पतालमा एक महिला र एक पुरुषको कोरोना संक्रमण बाट मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडाको ७१ वर्षे महिला र भरतपुर महानगरपालीका २ क्षेत्रपुरका ५१ वर्षका पुरुषको मृत्यु भएको हो ।

हेटौंडा उपमहानगरपालीका १० की ७१ वर्षे महिलाको आज बिहान ६ बजे ५० मिनेट जाँदा चितवनको मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

स्वासप्रस्वासमा समस्या भएपछि भदौ ७ गते अस्पताल भर्ना भएकी महिला निमोनिया र दमको पीडित थिईन । अस्पताल ल्याईएपस्चात गरिएको परिक्षणमा कोरोना पुष्टि भएको थियो ।

यस्तै भरतपुर महानगरपालिका २ क्षेत्रपुरका ५१ वर्षे पुरुषको पनि आज उपचरका क्रममा मृत्यु भएको हो । गत भदौ ५ गते स्वासप्रस्वासमा समस्या आई अस्पताल भर्ना भएका उनको आज बिहान १० बजे भरतपुरको श्री पुष्पाञ्जली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

अस्पताल आएपस्चात स्वाब परिक्षण गर्दा उनको कोरोना पुष्टि भएको थियो । उनिपनि दम, निमोनियाँबाट ग्रसित थिए ।