१२ भदौ, पर्सा । कोरोनाको हटस्पट बन्दै गएको पर्सामा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा फ्रन्टलाईनमा भएर काम गर्ने सुरक्षाकर्मी रहेका छन् । पर्साका विभिन्न नाका क्षेत्रमा खटिएर पिलुवास्थित गणमा आएका सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिईएको छ ।
सशस्त्र प्रहरी बलको पिलुवास्थित ४० नम्बर रिजर्भ गणमा कार्यरत ४९ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको भदौ ७ गते स्वाब संकलन गरी परीक्षणका लागि हेटौडा पठाइएको थियो । गणमा कार्यरत एक सय १२ जनाको स्वाब संकलन गरिएको र जसमध्ये ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए । कोरोना संक्रमण देखिएका प्रहरीमा सामान्य लक्षण समेत नरहेको बताइएको छ ।
योसँगै बारामा कोरोना संक्रमितको संख्या आठ सय ६ पुगेको छ । संक्रमित मध्ये ९७ जना कलैयास्थित गंगापुर आइसोलेसन केन्द्र र तीन सय ५० जना घरमा आइसोलेट भएर बसेका छन् ।
संक्रमितमध्ये दुई ९५ जना संक्रमणमुक्त भइसकेका छन् । बारामा मृत्यु भएका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय पर्सामा कोरोना संक्रमणका कारण सं्रमित हुने र मृत्यु हुनेहरुको संख्या वढीरहेको छ । फ्रन्ट लाईनमा भएर काम गर्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगाएतमा संक्रमण पुष्टि भईरहेको छ ।





