पु.समाचार

विरगञ्जमा ६५ वर्षे महिलामा दिउँसो २ बजे कोरोना पुष्टि साँझ ७ बजे मृत्यु

१३ भदौ, वीरगञ्ज । पछिल्लो समय कोरोनाको हटस्पट बनेको विरगञ्जमा पनि कोरोनाले एक महिलाको ज्यान लिएको छ । स्वास-प्रस्वासमा समस्या आएपछि अस्पताल भर्ना भएकी उनमा शुक्रबार कोरोना पुष्टि भएको र सोहिदिन मृत्यु भएको हो ।

वीरगञ्ज १२ मुर्लिकी ६५ वर्षे महिलाको नारायणी अस्पतालमा मृत्यु भएको हो । उनलाई झाडा पखाला समेत लागेको थियो ।

कोरोना पुष्टि भएपछि उपचारक क्रममा उनको शुक्रबार साँझ साढे ७ बजे मृत्यु भएको अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिएका छन् ।

साथै हालसम्म विरगञ्जमा मृत्यु भएका ४६ मध्ये ३४ जना पर्साका, १० जना बाराका र रौतहटका २ जना छन् ।