पु.समाचार

कोरोना संक्रमणका कारण पाटन अस्पतालमा उपचाररत दुई महिलाको मृत्यु

१३ भदौ, काठमाडौं । कोरोना संक्रमणका कारण पाटन अस्पतालमा दुई महिलाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण काठमाडौंकी ५१ वर्षकी र भक्तपुरकी ६२ वर्षकी महिलाको मृत्यु भएको पुष्टि भएको छ ।

मृतक ५१ वर्षे महिलामा सामनय ब्लड प्रेसरको समस्या भएपनि अर्की ६२ वर्षेमा कुनै रोग वा संक्रमण नभएको अस्पतालले जानकारी दिएको छ । कोरोना पुष्टि भएपछि दुबै जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै थियो ।

साथै यो भन्दा पहिला मृत्यु भएका अधिकांश कोरोना संक्रमितमा अन्य रोग पनि देखिने गरेकोमा शनिबार मृत्यु भएका दुबै महिलामा त्यस्तो नभएको र कोभिडकै असरले मृत्यु भएको डाक्टर पाटन अस्पतालका निर्देशक प्रा डा रवी शाक्यले बताएका छन् ।