समाचार

सुनको भाउ फेरी लाग्यो उकालोः प्रतितोला ३ सय रुपैयाँ बढ्यो

१५ भदौ, काठमाडौं । सुनको भाउ फेरी उकालो लागेको छ । यस दिन सुनको भाउ प्रतितोला सामान्य ३ सय रुपैयाँ बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँमा आएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको छ । आज चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँ पुगेको छ । यसअघि आइतबार छापावाल सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँ रहेको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७ सय रुपैयाँ निर्धारण भएको थियो । चाँदी प्रतितोला १३ सय ४० रुपैयाँ कायम भएको थियो ।