समाचार

माछा पोखरीमा करेन्ट लागेर दुई जनाको मृत्यु

१५ भदौ काठमाडौं । माछा पोखरीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ८ सल्यानी टोलमा रहेको माछा पोखरीमा करेन्ट लागेर स्थानीय ३५ वर्षीय नवराज दराई र निर बहादुर रानामगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य थापाले जानकारी दिएका छन् ।

पोखरीमा मृत अवस्थामा दुई जना देखिएपछि स्थानीयले बिहान साढे सात बजेतिर प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा मृतक मध्ये एक जनाको साथमा माछा मार्न प्रयोग हुने जाल थियो भने आर्क एकको पोखरीको विजुलीको तारमा हात थियो ।

थापाले भने ‘मृतकहरु पोखरीसँग सम्बन्धी व्यक्ति हैनन्, माछा चोरी हुन थालेपछि माछापालन गर्नेहरुले पोखरी वरपर करेन्ट छोड्ने गरेको भन्ने बुझेका छौं । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । ’

अहिले मृतकहरुको शव पोष्टमार्टका लागी भरतपुर अस्पतालमा ल्याइएको छ । माछापोखरी नवलपुर गैंडाकोटका चुडामणि शर्मालगायत पाँच जनाको हो । प्रहरीले सोधपुछका लागि पोखरीका मालिकमध्ये दुई जना चुडामणि शर्मा र सुरेन्द्र शर्मा लाई नियन्त्रणमा लिएको छ ।

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेश कुमार महतो करेन्ट लागेर मृत्यु हुनु दुखद् भएको बताउछन् । यद्धपी विजुली बाल्ने विद्युत माछाको सुरक्षामा भन्दै पोखरीमा तार टागेर छोड्नु भने गलत नभएको बताए । जंगली जंनावारहरु वस्ती नओस् भन्नको लागि पनि तारमा विजुली छाड्ने गरीएको भेटिन्छ । यो पनि त्यस्तै हो ।