समाचार

प्रधानमन्त्रीको निर्देशनः कोरोेनाको जोखिम बढ्यो जिम्मेवार भई नियन्त्रणको प्रयासमा लाग्नुस्

१५ भदौ, काठमडौं । नेपालमा पछिल्लो समय कोरोना भाईरस कोभिड १९ को अवस्था भयावह बन्दै गएको छ । दैनिकजसो हजारको हाराहारीमा संक्रमित थपिएका छन् भने मृत्यु हुनेको संख्या पनि उच्च रहेको छ ।

कोरोना संक्रमणबाट ठुला साना कोहि पनि व्यक्ति चोखो नभएको र जोखिम सबैमा रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट जोगिएर जिम्मेवार भई कोरोना नियन्त्रणमा खट्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई त्यस्तो निर्देशन दिएका हुन् ।गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेल आइसोलेसनमा बसेका कारण नेकपा सचिवालय बैठकै रोकिएको थियो ।

तर, आइतबारको मन्त्रीपरिषदको बैठकमा भने बादल र पोखरेल दुवै उपस्थित थिए । दुवै मन्त्रीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आइसकेको छ । तर, आइतबारको मन्त्रिपरिषद बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडा भने उपस्थित भएका थिएनन् । अर्थमन्त्री बैठकमा उपस्थित नभएपछि विभिन्न आसंकाहरु गरिएको थियो ।

मन्त्रीहरु नै आइसोलेसनमा बस्नुपर्ने अवस्था आएको र समग्र देशमा संक्रमितहरुको संख्या दिनहुँ बढिरहेको सन्दर्भमा प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरुलाई कोरोनाबाट सतर्क भएर काम गर्न निर्देशन दिएका हुन् ।