१९ भदौ, काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतम सांसद बन्ने भएपछि हालका अर्थमन्त्री डा.युवराज खतिवडाले पदबाट राजीनामा दिने भएका छन् ।
आज बिहान ११ बजे बस्ने मन्त्रिपरिषदको बैठकमा अर्थ तथा सरकारका प्रवक्ता, सञ्चार तथा सुचना प्रविधिमन्त्री डा.खतिवडाले राजीनामा बुझाउने तयारी रहेको नेकपा निकट श्रोतले बताएको छ ।
बिहिबार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले राष्ट्रिय सभाको रिक्त पदमा पार्टीका उपाध्यक्ष गौतमलाई सिफारीस गरेसँगै डा खतिवडाले अर्थमन्त्रीमा निरन्तरता पाउने सम्भावना हटेको हो ।
नेकपा स्रोतका अनुसार अर्थमन्त्री बन्ने दौडमा उपाध्यक्ष वामदेव गौतम, महासविच विष्णु पौडेल, स्थायी कमिटी सदस्यद्वय जनार्दन शर्मा र सुरेन्द्र पाण्डे छन् । यस्तै आज बिहान ११ बजे मन्त्री परिषद बैठक बस्ने भएको हो ।





