समाचार

१९ जनाको निधन हुनेगरी गएको बागलुङ बढीपीडितको सहयोग जुट्न डा संग्रौलाको अपील

१९ भदौ, काठमाडौं। नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा साँसद डा डिला संग्रौलाले बागलुङ, ढोरपाटनस्थित सुकुर्दुङ खोलामा बाढी आउँदा १९ जनाको निधन भएको तथा २२ जना बेपत्ता भएको हृदयविदारक समाचारले सम्पूर्ण नेपालीहरु मर्माहत बन्न पुगेको बताएकी छन् ।
उनले प्राकृतिक विपद्को यस घडीमा स्थानीय, प्रदेश र संघीय सरकारका तर्फबाट आवश्यक राहत र ब्यबस्थापन गरी ढोरपाटनवासीमा भएको धनजनको अपूरणीय क्षतिलाई मनन गर्दै राजनीतिक दल, सुरक्षाकर्मी, सामाजिक अभियन्ता सबैबाट पहलकदमी गर्दै उद्धार सहयोगमा जुट्न आह्वान गरेकी छन् ।
नेतृ संग्रौलाले विज्ञप्तीमा भनेकी छन्, ‘मृतआत्माको चीर शान्तिको कामना साथै परिवारजनमा समवेदना१ यसै गरी सधैंभन्दा यस वर्ष बाढी पहिरोका कारण जनधनको क्षतिका घटनाहरु निकै बढी हुनु, विकासका नाममा जतासुकै डोजर कुदाइनु र सरकार मूकदर्शक बनिरहनु ठूलो चिन्ताको विषय बनेको छ। त्यसैले हामीले चाहेको प्रकृति मैत्री, दीगो विकासका बारे व्यापक बहस चलाउन पनि म अपिल गर्दछु।’