समाचार

बाढीपहिरा पीडितको उद्धार र सहयोगका लागि मसालको आग्रह

१९ भदौ, काठमाडौं । नेकपा (मसाल)ले बागलुङको ढोरपाटनमा आएको बाढीपहिराबाट पीडितको उद्धार र सहयोगका लागि सबैलाई अनुरोध गरेको छ ।

मसालका महामन्त्री मोहनविक्रम सिंहले बिहीबार विज्ञप्ति जारी गरी बेपत्ताको खोजतलासमा जोड दिन अनुरोध गरेका छन्  ।

बुधबार रातिको बाढी र पहिराले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा बस्तीमा क्षति पुर्याएको थियो ।

केही मानिसले भागेर ज्यान बचाए भने कतिलाई भाग्ने क्रममै खोलाले बगाएको थियो । बगाएकामध्ये केहीको अधिकारीचौर, बुर्तिवाङ र बडिगाड गाउँपालिकासम्म शव भेटिएका छन् । आज बिहानसम्म १४ शव भेटिएको छ ।