समाचार

सुनको मुल्य फेरी घट्योः तोलामा पुग्यो ९६ हजार ४ सय

१९ भदौ, काठमाडौं । सुनको मुल्य आजपनि सस्तो भएको छ । तोलामा एक सय रुपैयाँले घटेर सुनको मुल्य तीन सातायताकै सस्तो बनेको हो । अघिल्लो दिनको तुलनामा सुन तोलाको सय रुपैयाँले सस्तिएर ९६ हजार ४ सय रुपैयाँ कायम भएको हो ।

छापावाल सुनको बिहीबार ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुन पनि सय रुपैयाँले सस्तिएर तोलको ९५ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

सुनको मूल्य घट्दा शुक्रबार चाँदी ३५ रुपैयाँ घटेर तोलाको १३ सय १० रुपैयाँ कायम भएको छ । साउन २८ गते तोलाको ८५ हजार ४ सय रुपैयाँ कायम भएको सुनको मूल्य त्यसयता तोलको लाख रुपैयाँ नाघेर फर्किएको हो ।

सुनको मूल्य साउन २३ गते इतिहासकै सर्वाधिक १ लाख ३ सय ५ रुपैयाँ पुगेको थियो ।