२३ भदौ, काठमाडौं । काँग्रेस महामन्त्री डा शसाँक कोईरालालाई कोरोना संक्रमण आशंका गरिएको छ । कोईराला निवास महाराजगंजमा रहेका प्रा. डा. कोईरालालाई हल्का ज्वरो आएपछि कोरोना परीक्षण गर्दा उनलाई कारोना पोजेटिभ आएको आशंकामा महामन्त्री कोईरालाको स्वाब संकलन गरि ह्याम्स अस्पताल पठाईएको थियो । हिजो कोरोनाको आशंकामा स्वाव संकलनका लागि अस्पताल लगिएपनि अहिले केहीबेरमा रिपोर्ट आउने सहयोगी भरत तिवारीले पुष्टी गरे ।
डा कोईराला कोरोना संक्रमणको समयमा भएको निशेधाज्ञाको समयमा महत्वपूर्ण तेता कार्यकर्ता भेटको लागि महाराजगंजस्थीत निवासमा बाक्लो रुपमा आउने गरेका छन् । उनी आफैं पनि स्वास्थ्यकर्मी भएकाले स्वास्थ्य अवस्था सामान्य नै रहेको उछ । १४ औं महाधिवेशनमा सभापतिका शसक्त उम्मेद्वार रहेका डा कोईरालालाई बिरामी परेपछि स्वास्थ्यलाभको कामना गर्ने हजारौं समर्थकहरुले सामाजिक सञ्जालमा छाएैरहेका छन् । आधाघण्टामा रिपोर्ट आएपछि सबै सार्बजनिक गर्ने भरत तिवारीले सुर्यखबरलाई बताए ।





