उर्जा

आज मन्त्रीपरिषद बैठक बस्दैः के कुलमानलाई फेरी फर्काइएला त प्राधिकरणमा ?

२५ भदौ, काठमाडौं । आज दिउँसो मन्त्री परिषदको बैठक बस्ने भएको छ । आज दिउँसो बस्ने बैठकमा नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी प्रमुखको कार्यकालबारे महत्वपुर्ण निर्णय हुनसक्ने बताइएको छ ।

आजको बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको कार्यकालको समययावधि थप्ने विषयमा छलफल हुने भएको हो ।

घिसिङको चार वर्षे कार्यकाल आगामि भदौ २९ गते सकिनै लाग्दा घिसिङको कार्यकाल थप्ने या नयाँ नियुक्ति गर्ने भन्ने बिषय अहिले सकैको निकै चासोको विषय बनेको छ ।

उनको कार्यकाल थप्न ऊर्जा मन्त्रालयबाट प्रस्ताव आज मन्त्रिपरिषद् बैठकमा लग्न सकिने छ । सम्भवतहं यसपटक कुलमानको कार्यकाल २ वर्षका लागि मात्र थप हुनसक्ने सम्भावना बढी छ ।

देशमा प्रत्येक दिन घन्टौं लोडसेडिङ हुने समयमा विद्युत् प्राधिकरणका कार्यकारीमा खुला प्रतिस्पर्धाबाट पुगेका घिसिङले लोडसेडिङ अन्त्य गरेका थिए ।

कुलमा प्रमुख भएर आएसंगै मुलुकमा लोडसेडिङको समस्याबाट छुटकारा पाएका नागरिकदेखी हरेकले घिसिङनै दोरोरिउन भन्ने अपेक्षा गरेका छन् ।